पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जना विद्यार्थीको मृत्यु

डिसी नेपाल
३० माघ २०८१ १९:३९
2.6k
Shares

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ।

पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए।

बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको  स्कुल बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए।

दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *