‘अन्धपथ’ बनाउँदै रामजी लम्साल
काठमाडौं। चलचित्र ‘अन्धपथ’को घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अन्धपथ’को निर्माण घोषणा गरिएको हो।
यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल छन् भने कथा पनि उनकै रहेको छ।
रामकाजी घिमिरेको लेखन/निर्देशन रहने चलचित्रमा महानायक राजेश हमाल, सुनिल थापा, सुभाष गजुरेल, उत्तम केसी, सञ्जीत भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, भेग पहारी, शम्भु ढुंगाना लगायतका कलाकारको अभिनय रहने जनाइएको छ। अन्य कलाकार पनि छनोटको चरणमा रहेको निर्माता रामजीले जानकारी गराए।
युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा चलचित्र निर्माण हुने निर्देशक रामकाजीले बताए। विसं. २०८२ सालको असोज/कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णली रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला छन् भने छायांकन रामसरण उप्रेती, संगीत अर्जुन पोख्रेल र श्रृगांरमा सन्तु तामाङ छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment