विद्यार्थीलाई तातो पन्यूले डामिन् शिक्षिकाले
काठमाडौं । विद्यार्थीलाई तातो पन्यूले गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ। तनहुँको भिमाद नगरपालिका प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई प्रहरीले विद्यार्थीको गालामा तातो पन्यू डामेको अभियोगमा पक्राउ गरेको हो।
कक्षा कोठामा तीन जना विद्यार्थीलाई तातो पन्यूले डामेको भन्दै अभिभावकले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको तनहुँ प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर राजु अधिकारीले बताए।
कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको भन्दै मंगलबार शिक्षिका श्रेष्ठले विद्यार्थीको गालामा तातो पन्यूले डामेकी थिइन्।
उनलाई बुधबार पक्राउ गरेर जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment