नाबालिकालाई दबाब र प्रभावमा पारी अनुचित लाभ लिने व्यक्ति पक्राउ

डिसी नेपाल
१ फागुन २०८१ १३:४५
208
Shares

काठमाडौं । नाबालिकालाई दबाब र प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाइ फकाउँदै अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न बाध्य पारी स्क्रिन रेकर्ड गर्दै अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुँवरलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *