देश बनाउने र बचाउने अभियानमा रहेको राप्रपाको सदस्य बन्नु जीवनकै उत्कृष्ट काम: अध्यक्ष लिङ्देन

डिसी नेपाल
१ फागुन २०८१ १७:१९
448
Shares

काठमाडाैं। विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल आज राप्रपामा प्रवेश गरेका छन्।

काठमाण्डौं क्षेत्र नं १ बाट विगतमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबाट प्रदेश सभामा उम्मेदवार रहेर लोकप्रिय मत प्राप्त गरेका ढुंगेल आज राप्रपाको नीति, विचार, सिद्धान्तप्रति प्रतिबद्ध हुने, राप्रपाले अवलम्बन गरेको बाटो बाहेक अर्को बाटोबाट देशको शान्ति, समृद्धि र स्थायित्व असम्भव रहेको निश्कर्षका साथ राप्रपामा समाहित भएका हुन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालयमा ढुंगेललाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गेका छन्। यसैगरी अध्यक्ष लिङ्देनले हिमालय कलेजको सञ्चालिका तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष संगीता सिलवाल, पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील विवेक पंगेनी र चार्टर्ड एकाउन्टेन्ट अध्ययनरत समिक्षा अर्याललाई पार्टीको सदस्यता प्रदान गरेका छन्।

राप्रपाले ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा घोषणा गरेको छ र विभिन्न दलमा क्रियाशील रहेका, विभिन्न क्षेत्र विशेषमा संलग्न रहेकाहरु र स्वतन्त्र रुपमा रहेकालाई समेत अभियानकै रुपमा पार्टीमा जोड्ने काम गरिरहेको र नवप्रवेशीलाई पार्टीको विभिन्न संयन्त्रमा आबद्ध गराउने काम भइरहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।

नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र देश बनाउने अभियानमा राप्रपा निरन्तर क्रियाशील रहेको र यो अभियानमा जोडिन जनसमुदायलाई अपिल समेत गरे। उनले राप्रपाको सदस्य बन्नु जीवनकै उत्कृष्ट कामहरु मध्ये महत्वपूर्ण काम रहेको र राप्रपामा प्रवेश गरेर कसैले पश्चाताप गर्नु नपर्ने विश्वास दिलाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *