हुंकार मधेशद्वारा २१ विभागीय प्रमुखको जिम्मेवारी तय

डिसी नेपाल
२७ असोज २०८३ १२:५८
16
Shares

काठमाडौं। भर्खरै औपचारिक घोषणा गरिएको राजनीतिक-सामाजिक अभियान ‘हुंकार मधेश’ले संस्थागत संरचनालाई पूर्णता दिने क्रममा आफ्ना मुख्य २१ वटा विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ।

पहिलो चरणमा तोकिएका सबै विभागीय प्रमुखहरू कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने र सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने प्रावधान राखिएको थियो। सोही योग्यता र दक्षताका आधारमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी सुम्पिएको संगठनले जनाएको छ।

नवनियुक्त सबै विभागीय प्रमुखहरूलाई आगामी सात दिनभित्र आफ्नो विभागको विस्तृत कार्ययोजना, कार्यविधि र १०० दिने कार्यक्रमको खाका तयार गरी पेस गर्न निर्देशन दिइएको छ।

यसैगरी, संगठनले आफ्नो आगामी रणनीतिक कार्यक्रमसमेत तय गरेको छ। जसअनुसार आउँदो बडादशैंलगत्तै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म समेट्ने गरी ‘सयदिने हुलाकी यात्रा’ सुरु गरिनेछ।

उल्लेखनीय छ, ‘हुंकार मधेश’को गत २०८३ असोज ९ गते औपचारिक घोषणा गरिएको थियो। घोषणाको छोटो समयमै संगठनले आफ्ना विभागीय जिम्मेवारी बाँडफाँट गरी तल्लो तहसम्म कार्यक्रम लिएर जाने तयारी तीव्र पारेको छ।

‘हुंकार मधेश’ अभियानका २१ वटा विभागहरू र तिनका प्रमुख (संयोजक) हरूको नामावली :

  • संवाद तथा समन्वय विभाग: राम कुमार कश्यप

  • प्रचारप्रसार तथा प्रकाशन विभाग: केशव कुमार

  • संगठन विभाग: कौशलेन्द्र कौशल

  • कानुन तथा न्याय विभाग: रत्नेश्वर सनातन

  • आइटी तथा कार्य मूल्यांकन विभाग: रोशन कुमार

  • बौद्धिक तथा पेशाकर्मी विभाग: डा. एन. एन. भारद्वाज

  • आर्थिक विभाग: सच्चिदानन्द यादव

  • अनुशासन विभाग: राजाराम मधेशी

  • प्रशिक्षण तथा नीति अनुसन्धान विभाग: मनोहर मानव

  • सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग: कृष्ण कुमार

  • स्वंयसेवी सुरक्षा दस्ता विभाग: उमेश सिंह

  • युवा तथा विद्यार्थी विभाग: पंकज आनन्द

  • वैदेशिक रोजगार विभाग: मनिष कुमार

  • सूचना तथा संचार विभाग: पुष्पा प्रिया

  • संघीय मामिला विभाग: मधुमाया यादव

  • शिक्षा तथा संस्कृति विभाग: इन्द्रजित साफी

  • उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग: सन्दीप त्रिपाठी

  • नागरिकता तथा भुमिहिन समस्या समाधान विभाग:  अंगद यादव

  • कृषि विकास तथा अनुसन्धान विभाग: राम किशुन नायक

  • विज्ञान तथा प्रविधि विभाग: विजय महासेठ

  • सहिद तथा घाइते व्यवस्थापन विभाग: मो. युसुफ साफी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *