सङ्ख्यामा हैन, गुणस्तरमा ध्यान दिन सचिव पौडेलको आग्रह

डिसी नेपाल
२ फागुन २०८१ १५:५३
44
Shares

गलकोट (बागलुङ) । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। उनले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताए।

बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाट गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताए। उनले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गरे। सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षण पेसाप्रति थप आकर्षण बढ्ने उनले उल्लेख गरे।

‘बागलुङको शैक्षिक पूर्वाधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले राहत पुर्‍याएको छ’, सचिव पौडेलले भने। उनले शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा राज्यले प्रोत्साहन दिनुपर्ने बताए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ५० लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *