भिक्षुसंघलाई सामूहिक संघदान
काठमाडौं । स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसंघलाई सामूहिक संघदान गरिएको छ ।
उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो। समाजद्वारा आयोजित यो चौथो संघदान हो। यसपटकको संघदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो।
संघदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment