डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

डिसी नेपाल
३ फागुन २०८१ १८:४१
128
Shares

अमरगढी (डडेल्धुरा)। डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन्। अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *