तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकूद महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकूदकाे भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसाेसियसनकाे आयाेजनामा शुरू भएकाे टी-२० क्रिकेट प्रतियोगिताकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्। उनले युवाहरूलाई समनजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताए।
` खेलकुदले खेलाडीकाे स्वास्थ्य त राम्राे हुन्छ नै। तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ। अनुशासनकाे विकासकका लागि पनि खेलकूदकाे धेरै महत्व छ,´ उनले भने। आफ्नाे बेलामा कराँतेकाे क्रेज रहेकाे भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटकाे क्रेज रहेकाे पनि उनले बताए।
खेलाडीकाे क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेकाे भन्दै उनले टी-२० क्रिकेट प्रतियोगिता सफलताकाे शुभकामना व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment