महिला च्याम्पियनसिप: नेपालको विजयी सुरुवात
काठमाडौं। घरेलु टोली नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई १-० गोलले पराजित गरेको हो।
नेपालको जितमा विमला चौधरीले गरेको गोल नै निणार्यक बन्यो। खेलको १३ औँ मिनेटमा विमलाले सविता रानामगरको क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ। सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-० ले हराएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment