के हो वास्तुशास्त्र? घर बनाउँदा ख्याल गर्नै पर्ने विषय
वास्तुशास्त्र एक यस्तो विज्ञान हो जसले घर निर्माणका हरेक बिषयलाई निर्देश गरेको हुन्छ। पछिल्लो समयमा वास्तुशास्त्र निर्माण क्षेत्रको अपरिहार्य बिषय बनेको छ। जो कसैले पनि वास्तुशास्त्रको मान्यतालाई इन्कार गर्न सक्दैन ।यो केवल परम्परामात्र नभई एक बिज्ञान हो।
वास्तु अनुसार घर निर्माण गर्दा तपाईंको जीवनमा सुख र शान्ति मिल्छ। वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले। अर्थात् घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ।
घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ।
१. घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ। साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ।
२. वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।
३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ
४. वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।
५. घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन ।
६. ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।
७. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।
८. त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिँदैन ।
९. भान्सा, बगैंचा अदि मुख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।
१०. मुख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।
११. सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिँदैन ।
१२. दुई ठूलो घरको बीचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।
१३. कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन।
प्रकाशक:प्रसिद्ध ज्योतिषगुरु डा.बिबेक
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तु सम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिषगुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ।)
No ads found for this position

डिसी नेपाल
Facebook Comment