विश्वकप लिग २ : अमेरिका र ओमानबीचको एकदिवसीय खेलमा २ विश्वकिर्तिमान

डिसी नेपाल
७ फागुन २०८१ १५:०१
1.7k
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत मंगलबार अमेरिका र ओमानबीच भएको एकदिवसीय क्रिकेट खेलमा दुई विश्व कीर्तिमान बनेका छन्।

पहिलो रेकर्ड हो – दुबै टोलीले फास्ट बलर प्रयोग गरेनन् र दोस्रो, अमेरिकाले पुरुष एकदिवसीय क्रिकेट खेलको इतिहासमा सबैभन्दा कम १२२ रनको स्कोरको रक्षा गर्ने रेकर्ड बनाएको छ ।

यद्यपि, यसमा ओभर घटाइएका खेलहरू वा संशोधित लक्ष्य भएका खेलहरू समावेश छैनन्।

यस विश्वकप लिग टु खेलमा जम्मा ६१ ओभर बलिङ गरिएको थियो र सबै ओभर स्पिनरले बलिङ गरेका थिए।

यस खेलमा अमेरिकाले आयोजक ओमानलाई ५७ रनले पराजित गरेको थियो। अमेरिकी क्रिकेट टोलीले ३५.३ ओभरमा १२२ रन बनायो।

अमेरिकी स्पिनर नोशातुश केन्जिगेले ११ रन खर्चेर पाँच विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *