बसको ठक्करबाट काठमाडौंमा साइकल यात्रीको मृत्यु

डिसी नेपाल
७ फागुन २०८१ १९:०१
548
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलमा घएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

विश्व ज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा ५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकल यात्री ओखलढुङ्गा घर भई काठमाडौं डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *