संविधानसभा सदस्य सापकोटाको निधन
काभ्रेपलाञ्चोक। संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले राससलाई जानकारी दिए।
उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उहाँ उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए। दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment