च्याम्पियन्स ट्रफीको पहिलो खेलमा आयोजक पाकिस्तान न्युजिल्याण्डसँग पराजित
काठमाडौं । च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले पराजित गरेको छ।
कराँचीको राष्ट्रिय रंगशालामा खेलिएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पाकिस्तानलाई जितको लागि ३२१ रनको बलियो लक्ष्य दिएको थियो।
तर यो पछ्याउने क्रममा, सम्पूर्ण पाकिस्तानी ब्याटिङ लाइनअप ४७.२ ओभरमा २६० रनमै अलआउट भयो।
पाकिस्तानका लागि बाबर आजमले ६४, सलमान अली आघाले ४२ र खुशदिल शाहले ६९ रन बनाए।
न्युजिल्याण्डका विलियम ओ’रोर्क र मिचेल सान्टनरले ३-३ विकेट लिए भने म्याट हेनरीले २ तथा माइकल ब्रेसवेल र नाथन स्मिथले १-१ विकेट लिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment