केआईआईटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

डिसी नेपाल
८ फागुन २०८१ १२:१४
1.9k
Shares

काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ। उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन्। उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ।

केआईआईटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन्। केआईआईटी नेतृत्वले प्रकृतिका बुबा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ।

प्रकृतिको न्यायका लागि नेपालीसहित भारती विद्यार्थीले पनि आन्दोलन गरेपछि केआईआईटी कलेज झुक्न बाध्य भएको हो। प्रकृतिको शव फेला परेपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो।

केआईआईटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीहरूको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेकी छन्।

बुधबार कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तसँग जुम मिटिङ गरेको थियो। त्यसपछि नेपाल आइपुगेका र भारतकै विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन्।

बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए। कलेजेको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए।

&;


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *