उपचार गर्न थाइल्याण्ड उडिन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेकी छन्। छोरी उषाकिरण, सुरक्षा गार्ड र सहयोगीसहित भण्डारी फागुन ५ गते त्यसतर्फ गएकी हुन्।
यसअघि थाइल्याण्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने उनी निकट एक एमाले नेताले जानकारी दिए।
उहाँको पुरानो समस्या ब्लड क्यान्सरको अवस्था चेकजाँच र हिपको समस्या देखिएपछि उपचारका लागि त्यसतर्फ प्रस्थान गरेको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment