म्यानमार महिला फुटबल प्रतियोगिताको फाइनलमा

डिसी नेपाल
८ फागुन २०८१ १७:०८
1.2k
Shares

काठमाडौं। म्यानमार काठमाडौंमा जारी अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा किर्गिस्तानलाई ५–० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो। म्यानमारलाई जित दिलाउन योन वादी र मे हिइत लुले दुई–दुई गोल गरिन् भने सानदार लिनले एक गोल गरिन्। योनले दोस्रो मिनेटमै म्यानमारलाई आग्रता दिलाएकी थिइन्। सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन्।

त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन्। त्यस्तै दोश्रो हाफको ४९ औं मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन्।

यसअघि पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । पराजित किर्गिस्तान उपाधि होडबाट बाहिरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *