रुपन्देहीमा ४५ वर्षीया महिलाको शव फेला

डिसी नेपाल
८ फागुन २०८१ १९:२५
620
Shares

बुटवल । दाङको लमही नगरपाकिला-७ की ४५ वर्षीया संगिता चौधरीको शव रुपन्देहीमा फेला परेको छ।

सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेको अवस्थामा संगीताको शव फेला परेको प्रहरीले जनाएको छ।

टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर परालले ढोकेर राखेको देखिएकाले हत्या नै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीको भनाइ छ।

घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको र घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *