बिपी राजमार्गमा मोटरसाइकललाई कारले दियो ठक्कर

डिसी नेपाल
९ फागुन २०८१ १३:३१
268
Shares

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको कारले बिपी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

सिन्धुली प्रहरीका इन्स्पेक्टर सुनिलप्रसाद चौरसियाका अनुसार शुक्रबार बिहान १० बजे गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा कारले मोटरसाइकललाई ठक्कर दिएको हो।

घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-५ का ३० वर्षीय सूर्यप्रसाद आचार्य र पछाडि सवार बारा जितपुर सिमरा उपमहानगरपालिका-४ का ३१ वर्षीय लोकनाथ वाग्ले छन्। घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको चौरसियाले बताए। दुबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

बिएसी १९७९ नम्बरको कारले बर्दिवासबाट काठमाडौं जाँदै गरेको ना३०प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *