कालीमाटी सडकमा पुरुषको शव, एक युवक पक्राउ

डिसी नेपाल
९ फागुन २०८१ १४:४०
352
Shares

काठमाडौं । कालीमाटीस्थित सडकमा आज बिहान एक पुरुषको शव फेला परेको छ। सवारीले ठक्कर दिएझैँ देखिने गरी क्षतविक्षत अवस्थामा शव फेला परेको थियो।

सवारीसाधनले ठक्कर दिएको आशंकामा प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा अनुसन्धान अगाडि बढाएको थियो। सीसीटीभीमा रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले गरेको अनुसन्धानका क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको खुलेको थियो।

प्रहरीले अनुसन्धानलाई तीव्रता दिएसँगै उनलाई किच्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचारटार बस्ने उमेश स्याङ्तान छन्। पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको पाइएको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *