अध्यादेशमार्फत देश चलाउन खोजियो : मातृका यादव

डिसी नेपाल
१० फागुन २०८१ १५:५२
88
Shares

महोत्तरी । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले पत्रकारहरुले जनतामा छरिएका भ्रमहरु हटाउन महत्पूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

महोत्तरीको बर्दिबासमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

नेपाली पत्रकारिताको ठूलो योगदानका कारण देशमा परिवर्तन भएको उल्लेख गर्दै उनले देशमा भइरहेको नौटंकीलाई जनतासामू नंग्याउन समेत आग्रह गरे।

उनले अहिलेको सरकारको नेतृत्व गरिरहेका प्रधामन्त्री केपी ओली रक्षात्मक देखिएको टिप्पणी गरे। संविधानमा विशेष अवस्थामा अध्यादेश ल्याउने व्यवस्था भएपनि अध्यादेशले देश चलाउन खोजेको समेत उनले आरोप लगाए।

भूमि व्यावस्था सम्बन्धी अध्यादेश ल्याएर भूमाफियालाई पोस्ने काम गर्न खोजेको पनि उनको जिकिर छ । मधेस प्रदेशसभा संसदीय दलका नेता भरत प्रसाद साह, प्रेस सेन्टर नेपालका बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गोविन्द देवकोटा, उपमहासचिव हिरालाल चौधरीले शुभकामना मनतब्य दिएका हुन। प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्णको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समापन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *