कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो : राजेन्द्र लिङ्देन

डिसी नेपाल
१० फागुन २०८१ १६:३६
36
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताएका हुन्।

उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसावले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ। यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको नेतृत्व गर्ने मौका आउँछ त्यसबेला देश रहन्छ की रहँदैन भन्ने अवस्थामा छ।’

साथै उनले अहिले देशको अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको बताए । उनले देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको केही नबिग्रने तर युवाहरुको भविष्य विग्रिने चिन्ता व्यक्त गरे।

उनले भने, ‘यो देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको केही बिग्रदैन। देश विग्रियो भने युवाहरुको भविष्य विग्रिने छ। देशको भविष्यसँग सबै भन्दा धेरै सरोकार र सम्बन्ध युवाहरुको छ। यसकारण युवाहरुले निर्माण गर्नुपर्ने र निर्वाह गर्नुपर्ने भूमिका महत्वपूर्ण छ। अहिले देशको यो अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार छन्। ’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *