इङ्लिश प्रिमियर लिग : वेस्टह्यामसँग आर्सनल स्तब्ध
काठमाडौं। आर्सनल इङ्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्टह्याम युनाइटेडसँग स्तब्ध भएको छ। गएराति सम्पन्न खेलमा वेस्टह्यामले आर्सनललाई १-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो।
वेस्टह्यामको जितमा खेलको ४४औ मिनेटमा जारोड बोवेनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको ७३औ मिनेटमा मिलेस लेविस स्केलीले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो।
यो हारपछि लिग जित्ने आर्सनलको अभियानमा धक्का लागेको छ। यो खेलपछि आर्सनलको २६ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडि परेको छ।
त्यसैगरी वेस्टह्यामले भने महत्वपूर्ण ३ अंक हासिल गर्दै २६ खेलमा ३० अंक बनाएको छ र लिगमा १६औ स्थानमा उक्लिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment