एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल

डिसी नेपाल
११ फागुन २०८१ १६:३०
208
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि डिस्चार्ज भएका उनले अत्यावश्यक काम निवासबाट गर्दै आएका थिए।

एक सातापछि पौडेल सिंहदरबारस्थित अर्थ मन्त्रालय फर्किएका हु्न्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *