नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा-८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ। उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment