सानिमा जीआइसी इन्स्योरेन्सको सेयर बिक्रीमा
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सले सेयर बिक्रीमा गर्ने भएको छ। कम्पनीले ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment