‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाको मोटरसाइकल र्याली
काठमाडौं । राजसंस्थालाई संविधानमा स्पेस दिनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा मंगलबार मोरसाइकल र्याली निकालेको छ।
‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, लगायतका नारा लगाउँदै राजसंस्था, सनातन हिन्दु अधिराज्यको पक्षमा धनगढीमा बृहत मोटरसाइकल र्याली निकालिएको हो।
राप्रपाले हालै मात्र पोखरामा विरोध सभा आयोजना गरेको थियो। उसले राजसंस्था पुनःस्थापनाको माग गर्दै सडक र सदन दुवैतिर आन्दोलन चर्काउने घोषणा गरेको छ। हालै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई राप्रपाले औपचारिक रूपमै स्वागत गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment