नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार

डिसी नेपाल
१३ फागुन २०८१ १५:३७
28
Shares

काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा रोकिएको छ।

आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन्।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो भने नेपाल ल्युब आयलको सेयर ९.९७ प्रतिशतल बढ्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.९६ प्रतिशतल बढेको छ।

त्यसैगरी आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको  १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै नेपाल रिन्स्योरेन्सको ८३ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट २९ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपेन्टको २७ करोड र सीईडीबी होल्डिंक्सको २४ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *