महाशिवरात्रीमा पशुपतिमा सशस्त्रका स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित १३ सय जनशक्ति परिचालन

डिसी नेपाल
१३ फागुन २०८१ १५:४४
128
Shares

काठमाडौं । महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।

शिवरात्रीको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले सिनामंगलस्थित नं. २० विपद् उद्वार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमाण्डमा फागुन १३ गते मंगलबार १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । मेलाको ओभरल कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् । महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सुरक्षा र आसपासका क्षेत्रहरुमा हुनेसक्ने आपराधिक क्रियाकलापहरु रोक्न सादा पोशाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोशाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारवाहीहरुको सुक्ष्म रुपले खबर संकलन गर्नेछ ।

त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्ने गरि तयारी हालतमा राखिएको छ । मेला अवधिभर भक्तजनहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले खाने पानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट ४ जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं. २० विपद् उद्वार गणमा विपद् व्यवस्थापन तालिम प्राप्त १५ जनाको टोली आवश्यक सामाग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *