ओली पुग्नुअघि जोरपाटीबाट चार जना पक्राउ

डिसी नेपाल
१३ फागुन २०८१ १५:५६
748
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जोरपाटी पुग्नुअघि चार जना पक्राउ परेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।

जोरपाटी क्षेत्रमा प्रधानमन्त्रीको विरोध गर्ने देखिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूले ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले उनीहरूलाई होल्ड गरेर राखिएको बताए । नियन्त्रणमा परेकाहरूमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *