सडक विभागका उपसचिवको जापानमा निधन
काठमाडौं । जापानमा सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन भएको छ।
जापान सरकारअन्तर्गत जाइका परियोजनामार्फत जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका ४२ वर्षीय सापकोटा मंगलबार बिहान कोठामा मृत फेला परेका हुन्।
सापकोटा डेढ वर्षअघि जापान सरकारको जाइकाको स्कलरसिपमा अध्ययनका लागि त्यहाँ पुगेका थिए। घटनाको थप पुष्टि हुन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment