साल्ट ट्रेडिङको चैत ११ गते एजीएम बस्दै
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
साथै, आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसर्थ, फागुन २८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment