दुई वर्षको प्रेमपछि महिलाले गरिन् प्रेमीको हत्या
जनकपुर । प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्।
धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षीया अनिताकुमारी यादव पक्राउ परेकी हुन्।
मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनि अन्सारीको निधार तथा घाँटी रेटि बोराभित्र बाँधिएको अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानमा मृतक अन्सारीसंग अनिताकुमारी यादव साढे दुई वर्ष प्रेम सम्बन्धमा रहेको खुलेको छ। मृतकले अनितालाई कतार रहदा बेलाबेलामा पैसा समेत पठाउने गरेकोसमेत खुल्नआएको धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। अनुसन्धानकै क्रममा यादवको श्रीमान राजकिशोर यादवको समेत संलग्नता रहेको खुलेको तिवारीले बताए।
यादव गत मंसिर १५ गते साउदीबाट घर फर्किएको थियो। अनिताले मृतक अन्सारीलाई उनको श्रीमती विरामी रहेको झुठो खवर दिई कतारबाट नेपाल बोलाएकी थिइन्। अन्सारी मंसिर २६ गते घर फर्किएका थिए। अन्सारीलाई अनिताले मंसिर २७ गते आफ्नो घरमै बोलाएर श्रीमान् श्रीमति मिलेर उनलाई सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रहार गरी हत्या गरेका थिए।
घटना लगत्तै अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए। राजकिशोरलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानुनी प्रक्रिया भइरहेको छ जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment