जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापा। जंगली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ। हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।
चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए। मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment