सिन्धुपाल्चोक प्रशासनले भन्यो-६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन

डिसी नेपाल
१६ फागुन २०८१ १०:२७
664
Shares

काठमाडौं। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका-२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ।

जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ। उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका-३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ। यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ। भूकम्पबाट भएकाे सम्भावित क्षातिकाे अवस्था अवलाेकन गर्न सुरक्षाकर्मीलाई अनुगमनमा पठाइएकाे पनि विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *