सांसद एकनाथ ढकालद्वारा मालदिभ्सका सभामुखसँग शिष्टाचार भेट
काठमाडाैं। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मालदिभ्सको सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गरेका छन्।
बिहीबार मालदिभ्सको संसद भवनमा भएको भेटमा द्विपक्षीय हित, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।
सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट मालदिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लालाइ शुभकामना दिँदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखे।
सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालदिभ्स असल मित्रराष्ट्र रहेको बताए। पूर्व मन्त्रीसमेत रहेका ढकाल मालदिम्भको २ दिने मैत्रीपूर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्। नेपाल र मालद्वीप बीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment