राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौं । राप्रपा नेपालले केन्द्रित कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा मुलुकको पछिल्लो समय बिकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समिक्षा हुने स्रोतले बतायो।
पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसको अबसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आह्वानलाई अत्यन्तै महत्त्वकासाथ बैठकमा छलफल हुनेसमेत बताइएको छ।
पूर्वराजाको सन्देश पश्चात पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजाबादी हिन्दुबादी र संघीयता विरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिइरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment