सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने उपेन्द्र यादवको चेतावनी
काठमाडौं। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा उनले भूमिसम्बन्धी अध्यादेश देशमा हितमा नरहेको भन्दै सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
उनले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग समेत गरे। भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अर्बौँको चलखेल गर्न खोजेको आफूले सुनेको उनले बताए। वन बिनास गरेर देशलार्ई मरुभूमिकरण गर्ने कानून स्वीकार्य नहुने भन्दै उनले अध्यादेशले वास्तविक भूमिहिनको समस्या समाधान समेत गर्न नसक्ने धारणा राखे।
अध्यक्ष यादवले भूमि आयोगको नियत भूमिहिनको समस्या समाधान गर्न भन्दा पनि भू–माफीयामार्फत अनुचित लाभका लागि देशलाई बर्वाद गर्ने तर्फ देखिएको तर्क गरे।
उनले सरकारको ध्यान गरिबी समस्या समाधान गर्नुभन्दा पनि बिचौलियासँग मिलेर पार्टी फुटाउनेमा केन्द्रीत रहेको आरोप लगाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment