आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया
सिन्धुली । तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ।
सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुईदिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका एक सय जनाको शल्यक्रिया गर्ने पालिकाका उपप्रमुख ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।
शिविरमा शल्यक्रिया गरिएका सबै बिरामीलाई आवश्यक औषधि र चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ। त्यस अवसरमा उपप्रमुख न्यौपाने र सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष केशव देवकोटाले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको लक्ष्यअनुरूप शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment