मुलुक संकटमा परेका बेला राजनीतिक दलबीच सहकार्य हुन्छः उपाध्यक्ष पोखरेल

डिसी नेपाल
१६ फागुन २०८१ २१:४३
116
Shares

रामपुर (पाल्पा)। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुक सङ्कटमा परेको बेला राजनीतिक दलबीच सहकार्य गरी समधान हुँदै आएको बताएका छन्।

एमाले पाल्पाले आज तानसेनमा आयोजना गरेको वडा केन्द्रित ‘पार्टी निर्माण अभियान’अन्तर्गत अभिमुखीकरण कार्यक्रममा उनले मुलुक राष्ट्रिय संकट परेका बेला तथा ऐतिहासिक परिवर्तन गर्नुपर्ने अवस्थामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुने गरेको स्मरण गरे।

‘कांग्रेस उदारवादको प्रतिनिधि हो भने कम्युनिष्ट सर्वहरावादको प्रतिनिधि हो, त्यसकारण सहकार्य मात्र होइन यी दुई शक्तिबीच प्रतिष्पर्धा पनि हुने गर्दछ। नेपाली राजनीतिमा सहकार्य र प्रतिष्पर्धा आवश्यक छ, यसले लोकतान्त्रिक पद्दतिलाई सशक्त बनाउँछ’, उनले भने।

नेपालमा कांग्रेस र कम्युनिष्टबीचको प्रतिष्पर्धा र सहकार्य बहुआयामिक रहेको नेता पोखरेलले धारणा राखे। ‘राणाविरोधी आन्दोलन होस् वा २०१७ सालको राजनीतिक परिवर्तन, २०३६, २०४६ को जनआन्दोलन, २०६२/६३ को आन्दोलन र संविधान जारी गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएका थिए’, उनले भने।

देशव्यापी रूपमा एमालेले वडा केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी दिँदै उपाध्यक्ष पोखरेलले आधारभूत तहसम्म पुग्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताए। मुलुकका सबै ठाउँमा यो अभियान जारी छ। कार्यक्रममा पाल्पाका १० पालिकाका ८१ वडाका नेता तथा कार्यकर्ताको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *