बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्।
बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !! ’
बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ। बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment