बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ

डिसी नेपाल
१६ फागुन २०८१ २३:२५
2.8k
Shares

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित स्ट्यास लेखेपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन्।

साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्ने बताउँदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ। तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन। कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ। कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ।

बालेनले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *