सुकेधारा शव प्रकरण : हत्या आशंकामा एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत भेटिएका ५० वर्षीय अड्विर राईको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हत्यामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुंङ गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको हो।
बा४ख ५९९३ नम्बरको गाडीमा सहचालकका रुपमा काम गर्दै आएका उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत, काठमाडौंबाट आइतबार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान गर्न म्याद लिने तयारी रहेको प्रहरीको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment