ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा

डिसी नेपाल
१७ फागुन २०८१ १४:००
412
Shares

झापा । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरुलाइ नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र  सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ बर्षिय दुई युवक छन्।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा  स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ  (३०१ ग्राम) फेला परेको हो।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहित थप अनुसन्धान तथा  आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *