गैँडाको आक्रमणबाट एक घाइते

डिसी नेपाल
१७ फागुन २०८१ १९:१५
84
Shares

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्।

आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ।

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *