अमेरिकामा पक्राउ परे रास्वपा केन्द्रीय सदस्य मोहन थापा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन्।
यस विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापाले यस अघिनै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुपर्ने भएको र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको जानकारी दिएका छन्।
अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका हुन्। अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। थापा रास्वपामा सभापति लामिछानेको नजिकका नेता हुन्।
थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन। अमेरिकामा रहँदा अराजक गतिविधि गर्नेमध्येका एक थापाले केही समय अघि राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारी गरेका थिए।
थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए। त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment