जनसंगठनमा स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो

डिसी नेपाल
१८ फागुन २०८१ १८:१९
548
Shares

काठमाडौं। नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो।

सचिवालय बैठकको निर्णय सुनाउदै महासचिव शंकर पोखरेलले भने, ‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो। स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं।’

साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए। जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ। एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ।

त्यस्तै बैठकले एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *