संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : सिके राउत

डिसी नेपाल
१९ फागुन २०८१ २३:१२
84
Shares

कलैया (बारा) । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।

आज बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले संघीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए।

अध्यक्ष राउतले सरकारले दल विभाजनको अध्यादेश ल्याउन खोज्नु मधेसवादी दललाई कमजोर बनाउने खेल भएको धारणा राखे। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै संघीयतालाई मुलुकमा टिकाइ राख्न जरुरी रहेको बताउँदै उनले प्रदेशको मातहतमा प्रहरी नआएसम्म काम गर्न निकै गाह्रो हुने जिकिर गरे।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू प्रभुनाथ पटेल, रौशन खातुन, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश साह, बारा जिल्ला अध्यक्ष शिवनाथ पटेललगायतले सम्बोधन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *